Skip to content
Prabhu

कर्णालीमा ५ हजार ८ सय उद्योग तथा वाणिज्य फर्म दर्ता

सुर्खेत । गत आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए । गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए ।

प्रदेश सरकारको तथ्याङ्कानुसार गत आवमा सुर्खेतमा सबैभन्दा बढी उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । सुर्खेतमा उद्योगतर्फ आठ सय ६१ तथा वाणिज्यतर्फ नौ सय १० फर्म दर्ता भएका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै जुम्लामा पाँच सय ९३ उद्योग र एक सय ७१ वाणिज्य फर्म दर्ता भएका छन् । दैलेखमा पाँच सय ४१ उद्योग र एक सय ९४ वाणिज्य फर्म, हुम्लामा दुई सय ७६ उद्योग र ८२ वाणिज्य फर्म, सल्यानमा दुई सय १९ उद्योग र एक सय २७ वाणिज्य फर्म दर्ता भएको अधिकृत श्रेष्ठले बताए । 

यसैगरी रुकुम पश्चिममा दुई सय २८ उद्योग र एक सय ६४ वाणिज्य फर्म, जाजरकोटमा तीन सय ५८ उद्योग र एक सय ३२ वाणिज्य फर्म, मुगुमा दुई सय ४२ उद्योग र ४६ वाणिज्य फर्म, कालीकोटमा तीन सय २६ उद्योग र एक सय २० वाणिज्य फर्म तथा डोल्पामा एक सय ९६ उद्योग र ६६ वाणिज्य फर्म दर्ता भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal