Skip to content
Prabhu

चालु आर्थिक वर्षको ६ महिनामा बोटलर्स नेपालका दुवै कम्पनी घाटामा

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको विवरण बोटलर्स नेपालका दुवै कम्पनीले सार्वजनिक गरेका छन् ।  बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ । गत हार्थिकवर्षको ६ महिनामा यो सो कम्पनी १५ करोड ३२ लाख नाफामा थियो ।   गत वर्ष सो कम्पनीले ३ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो भने अहिले घटेर ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । 

सो कम्पनीको  ११ करोड ३७ लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले बढेर १४ करोड ५ लाख पुगेको छ । हाल सो कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ ।  यसको प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक  रहेको छ । 

 त्यस्तै, बोटलर्स नेपाल (बालाजु) ले पनि १५ करोड १५ लाख  रुपैयाँ खुद घाटा बेहोरेको छ । गत आर्थिक वर्ष यसले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्ष सो  कम्पनीले ५ अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सो कम्पनीको आम्दानी अहिले घटेर ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । ७ करोड ४२ लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले बढेर १५ करोड ४९ लाख पुगेको हो । अहिले सो कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १४९ रुपैयाँ नोक्सानीमा रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal