Skip to content
Prabhu

श्रीलंका र इजरायलबीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर

कोलम्बो । श्रीलंका र इजरायलबीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

श्रीलंकाका बन्दरगाह, जहाज र उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले बिहीबार इजरायल र श्रीलंकाबीच प्रत्यक्ष हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्। राष्ट्रपतिको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्रीले सो सम्झौताले इजरायल र श्रीलंकाबीचको सिधा उडानको शुरुवात भएको र यात्रुको सुविधामा बृद्धि हुने बताएका छन्।

सम्झौताबाट इजरायल जाने श्रीलङ्काका कामदारहरूलाई सहयोग पुग्ने र इजरायलीहरूलाई श्रीलंका भ्रमण गर्न प्रोत्साहित गर्ने मन्त्रीले बताए । देशको प्रमुख अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेपछि नयाँ टर्मिनल भवन खोल्ने योजना रहेको उनले जानकारी दिएका छन् ।

नयाँ टर्मिनल भवनको निर्माण दुई साताभित्र शुरु हुने र नौ महिनाभित्र विमानस्थलको भीड कम हुने मन्त्रीले जनाकरी दिएका छन् । उनले श्रीलंकाको बन्दरगाहमा ढुवानी कन्टेनरको मात्रा ३२ प्रतिशतले वृद्धि भएको पनि बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal