Skip to content
Prabhu

विद्युत प्राधिकरण ३ पटक महसुल घटाउँदा पनि नाफामा छः कुलमान घिसिङ

nabil

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजी नभएको दाबी गरेका छन् । उनले दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै प्राधिकरण टाट पल्टिन लागेको हल्ला सत्य नभएको बताएका हुन् ।

उनले प्राधिकरणसँग १ अर्ब रुपैयाँ लगानी योग्य रकम रहेको पनि बताए ।प्राधिकरणले ट्रंक डेडिकेटेड लाइनका विषयमा विवादित उद्योगको बक्यौता रकमलाई नाफामा देखाएको र क्यास फ्लोमै समस्या रहेकाले टाट पल्टिने स्थिति रहेको चर्चा चलिरहँदा कुलमानले हिसाबमा प्राधिकरणलाई नाफामा देखाएको आरोपको खण्डन गरेका हुन् ।

उनले बिजुलीको महसुल घटाए पनि नाफा बढेको बताउँदै भने, ‘३ वर्षमा महसुल दर २५ प्रतिशत घटाइएको छ तर नाफामा बढोत्तरी भएको छ । यो नाफा डेडिकेटेड ट्रंकलाइनको बक्यौताले बढेको होइन ।’

‘सबैले बुझ्न जरुरी छ कि प्राधिकरणको आर्थिक अवस्था सुदृढ छ । लागनीको क्षमता छ, टाटपल्टिन लागेको छ भन्नु गलत हो,’ उनले भने । महालेखापरीक्षक र प्राधिकरणकै ३ जना आन्तरिक लेखापरीक्षकले बनाएको हिसाब कसरी खोट हुन सक्छ ? भन्ने प्रश्न पनि कुलमानले गरे ।

नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन १ वर्ष बाँकी छ । कुलमानले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लगाइएको पनि बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal