Skip to content
Prabhu

महिला लघुवित्तद्वारा साधारणसभा आह्वान

काठमाडौं  । महिला लघुवित्तले फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।  उक्त कम्पनीले यस वर्ष लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन  । 
सो सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्ने छ  । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । 
आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।  आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखेको छ ।  कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal