Skip to content
Prabhu

आज युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन

काठमाडौं  ।  युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

फागुन ३ गते बिहीबारको अन्तिम कारोबार मूल्य ३९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ । यसै मूल्यलाई आधार मानेर आइतबार सेयर कारोबार खुला हुनेछ । 

युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal