Skip to content
Prabhu

गत आवमा सामान्य बढ्यो रु रु जलविद्युतको नाफा, इपीएस कति ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार ०.९२ प्रतिशतले नाफा वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत १३ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा १३ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ७.०७ प्रतिशत बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढेसँगै वित्तीय खर्च घटेका कारण कम्पनीको नाफा सामान्य पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.११ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ६२.४३ प्रतिशत घटेको छ भने वित्तीय खर्च २९.०४ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९९ पैसा बढेर १४ रुपैयाँ ९३ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७४ गुणा रहेको छ ।
४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal