Skip to content

विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

काठमाडौं । उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्याती प्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन्।

१५–१६ फेब्रुअरी २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्याति प्राप्त होटेलियर्सहरू सहभागी हुँदैछन्। नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो।

 

चौधरी ग्रुपले नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नति कल्चरल भिलेज लगायतका होटलमा लगानी गरेको छ। सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदाधिकारीहरूले भाग लिँदैछन् ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ विषयमा कि नोट स्पिच दिने बताइएको छ। हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीति लगायतका विषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्नेछन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima