Skip to content
Prabhu

राष्ट्र बैंकद्वारा आधा दर्जन विकास बैंक र वित्त कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र फाइनान्सलाई कारबाही गरेको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्नेलगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । 

राष्ट्र बैंकको कारबाहीमा नारायणी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक,  प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स परेका छन् । 

यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशनबमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ । यी कम्पनीहरुले फेरि गल्ती दोहोर्याएमा नगदसहित ऐनबमोजिम कारबाही हुनेसमेत राष्ट्र बैंकले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal