Skip to content
Prabhu

राधी विद्युतको विद्युत बिक्री आम्दानी घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरवाट

काठमाडौं । राधी विद्युत कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानीमा गिरवाट आएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १२ करोड ८४ लाख रुपैयाँ थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १७.७२ प्रतिशत घटेर ९ करोड २७ लाख रुपैयाँमा सीमति भएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २९.१७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.५३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ३७.३२ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४४ पैसा घटेर ५ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.७५ गुणा रहेको छ । १ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३४ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal