Skip to content
Prabhu

हाथवे इन्भेष्टमेन्टको नाफामा उल्लेख्य सुधार

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफा उल्लेख्य बढेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा उल्लेख्य बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५०.५९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी बढेसँगै खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६७.१८ प्रतिशत बढेको छ भने कुल आम्दानी ६६.०४ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १७.२३ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ ।
१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal