Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

nabil

 

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आज फागुन १ गते मंगलबारदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । 

उक्त बैंकले १६ लाख १६ हजार इकाई आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यसमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो ।यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal