Skip to content
Prabhu

नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

nabil

 

global
अर्घाखाँची सिमेन्ट

काठमाडौं ।  राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज छलफल गरेको हो। 

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए। विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताए । 

‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनर्संरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’ 

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औं योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिए । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal