Skip to content

ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व संकलन

 

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२  रुपैयाँ राजस्व संकलन भएको छ । 

छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । उक्त राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट  सात  करोड ८७ लाख दुई हजार नौ सय ४३ रुपैयाँ, मधेस प्रदेशबाट  १० करोड पाँच लाख ५८ हजार नौ सय एक रुपैयाँ, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार छ रुपैयाँ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ संकलन भएको हो । 

यसैगरी ट्रक÷ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय रुपैयाँ, बस÷मिनिबसबाट  नौ करोड २० लाख पाँच सय रुपैयाँ, कार÷जिप÷भ्यानबाट १८ करोड ९० लाख ७६ हजार आड सय छ रुपैयाँ, ट्याक्टरबाट  दुई करोड ८८ लाख १६ हजार रुपैयाँ,  मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय रुपैयाँ राजस्व संकलन भएको हो । 

मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार÷ यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम संकलन गरिएको हो । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये  ट्रक÷ट्याङकर एक  लाख ७० हजार आठ सय ४२,  बस÷मिनिबस एक लाख नौ  हजार तीन सय ७७ वटा, कार÷जिप÷भ्यान दुई लाख ६१ हजार छ सय ३६ वटा, ट्याक्टर ४१ हजार छ सय ४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार चार सय ६१ वटा छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । 

नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन,  भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व संकलन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima