Skip to content
Prabhu

नेसनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नेसनल लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ।  उक्त कम्पनीको सोमबार बसेको सञ्चालक समितिको १६३ औं बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेसनलको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । अल्घिल्लो वर्षको नाफाबाट पनि  यसले १५ प्रतिशत नै बोनस सेयर दिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal