Skip to content

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

nabil bank

काठमाडौं । चालू आर्थिक वर्ष २८०र८१ को दोस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको  ६ महिनाको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद आर्जित बिमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.७९ प्रतिशत र कुल खर्च १३.६८ प्रतिशत बढेको छ।

सो कम्पनीको नाफा बढे पनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ । 

४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi