Skip to content
Prabhu

आयोग सदस्य उमाशंकरले लिए उपाध्यक्ष समक्ष सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा। उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । 

सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।

 रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेशामा समेत सक्रिय थिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal