Skip to content
Prabhu

नेप्सेमा एनआईसी एसिया ग्रोथ फन्ड–२ को एकाइ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एसिया ग्रोथ फण्ड–२ को एकाइ माघ २२ गते सोमबार  ९ करोड ५ लाख एकाइ नेप्सेमा सूचीकृत भएको छ।

एनआईसी एसिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित सो फण्डले १० करोड एकाइ सर्वसाधारणमा निष्कासन गरेको थियो। सोमध्ये वितरण गरिएको ९ करोड ५ लाख कित्ता आज नेप्सेमा सूचीकृत भएको हो।

उक्त एकाइ दोस्रो बजारमा कारोबार गर्नका लागि एनआईसीजीएफ २ संकेत दिएको छ। फण्डको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal