Skip to content
Prabhu

एनएमबी लघुवित्त ६ करोड ७५ लाख घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म एनएमबी लघुवित्त वित्तीय संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । 

उक्त संस्थाले गत वर्षको दोस्रो त्रैमासमा १३ लाख ५३ हजार रुफैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको हो । 

उक्त संस्थाको १६ करोड २८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले घटेर १० करोड ७६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा ६ करोड ७६ लाख ऋणात्मक छ ।  एनएमबीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ जम्मा रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal