Skip to content
Prabhu

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको हो। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal