Skip to content

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन

nabil bank

काठमाडौँ । गत पुस २० यता रिक्त नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला छन् । बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएको करिब दुई सातापछि सरकारले प्रक्रिया सुरु गरेको हो । 

बोर्डले अध्यक्षको पदपूर्तिका लागि १५ दिनको म्याद दिई राष्ट्रिस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेछ । जसमा नेपाली नागरिक भएको, उच्च नैतिकता भएको, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तरी हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्नेछ । साथै ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime