काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्