Skip to content
Prabhu

निगममा साना जहाज आधा दर्जन पुर्‍याउने मन्त्री किरातीको घोषणा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका साना जहाजको संख्या आधा दर्जन पुर्याउने घोषणा गरेका छन् । 

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीका रुपमा एक वर्षे कार्यकालको विवरण पेश गर्दै उनले निगमले तत्कालका लागि तीन वटा जहाज खरिद गर्ने बताए । उनले निगमको लामो समयदेखि ग्राउण्डेड जहाज मर्मत गरी एक महिनाभित्र उडाउने समेत बताए । उनले २३ वटै दुर्गमका गन्त्वयमा सेवा दिने गरी योजना बनाएको दाबी गरे । 

“हिजो लम्पसार परेको निगमलाई आजका दिनमा उठाएका छौँ अब हिँड्ने र दौडने बनाउँछौँ”, मन्त्री किरातीले भने । उनले निगमले अब सिड्नीका साथै बैंग्लोर र कोलम्बोमा पनि उडान गर्ने योजना बनाइएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal