Skip to content
Prabhu

सेयर बजार : सामान्य अंकको गिरावट, कारोबार रकम पौने १० अर्ब पुग्यो

काठमाडौँ । मंगलबार हरियाली छाएको बजारमा आज भने सामान्य गिरावट देखिएको छ । यद्यपि कारोबार रकममा भने उत्साह कायमै छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक १२.१० अंकले घटेर २१६३.०६ अंकमा सीमित भएको छ । मंगलबारको कारोबारमा परिसूचक ५४.५४ अंक बढेको थियो ।

बजारमा सामान्य अंकको गिरावट देखिए पनि कारोबार रकम भने बढेको छ । मंगलबार २ वर्षपछि ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा आज पौने १० अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँमा कारोबार भएको छ । 

आजको कारोबारमा नेपाल वेयरहाउस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै हिमालयन रिइन्स्योरेन्स, गरिमा डिभेञ्चर, २०८५, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा  उत्साह देखिएको छ । 

साथै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, डोल्टी पावर कम्पनी र अपर स्याङ्गे कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घट्नेमा अगाडि छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal