Skip to content
Prabhu

बुधबार तोलामा सुनको मूल्य १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन १ लाख १९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदी  पनि १५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal