Skip to content
Prabhu

शेयर बजारमा हरियाली, ब्याजदर घट्दा ८ अर्बभन्दा बढीको कारोबार

 काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज हरियाली छाएको छ  वाणिज्य बैंकले ब्याजदर घटाएको प्रभाव शेयर बजारमा देखिएको हो । 


आजको कारोबारमा पाँच  कम्पनीको शेयर मूल्यमा सकारात्मक  सर्किट लागेको छ भने एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट नजिकपुगेको छ ।  

आज नेप्से परिसूचक ५४‍.५४ अंकले बढेर २१७५.१७ अंकमा पुगेको छ । आज विभिन्न कम्पनीका २३ लाख ३७ हजार कित्ता शेयर ८ अर्ब २ करोड ३८ लाख ६२हजार ४०६ रुपैयाँमा किनबेच भएको छ । २१४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३१ वटाको घटेको छ भने २ वटाको स्थिर छ । 

सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । लगानी, माइक्रोफाइनान्स र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

आजको कारोबारमा बुटबल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ़्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट,  नेपाल वेयरहाउसकम्पनीको शेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal