Skip to content
Prabhu

आयल निगमको कार्यकारी निर्देशक बन्नको लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्नको लागि १४ जनाको आवेदन परेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार  पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले दरखास्त दिएका छन्। 

दिलीपशेखर श्रेष्ठ, उत्तरकुमार रेग्मी र काठमाडौँका सहदेव चन्दले पनि आवेदन दिएका छन्।

गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा, ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी, महोत्तरीका कमलेन्द्रलाल कर्ण, चितवनका डा। डोलप्रसाद चापागाईँ, धनुषाका रामदेव यादव र सप्तरीका सञ्जीवकुमार श्रेष्ठले पनि दरखास्त पेस गरेका छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal