Skip to content

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, नयाँ सञ्चालक समिति चयन

nabil bank

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । 

बैंकको वार्षिक साधारणसभाले सेयरधनीको स्वामित्व बढाउनको लागि प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।  

साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। 

हिमालयन बैंकले गत वर्ष सिभिल बैंकलाई प्राप्ति गरेको थियो। यस्तै, बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेको थियो। 

सभामा संचालक समितिका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तन गरी हिमालयन लघुवीत्त वित्तीय संस्थाको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए।

उक्त सभाबाट बैंकको सञ्चालक समितिमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । 

जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे गरी ५ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित सञ्चालक समितिले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई चयन गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi