Skip to content

दुई दिने चेम्बर भ्रमण तथा बीटुबी बैठक सम्पन्न

nabil
global ime

विराटनगर । उद्योग संगठन मोरङले जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुका साथ आपसी सम्बन्ध विस्तार र द्विपक्षीय व्यावसायिक विकासको नयाँ सम्भावना पहिल्याउने उद्देश्यका साथ पुस २७ र २८ गते दुई दिने चेम्बर भ्रमण तथा बीटुबी बैठक सम्पन्न गरेको छ ।

भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो । 

आर्थिक एवं औद्योगिक क्रियाकलापहरु सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रका साझा समस्याहरुको पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्नका साथै व्यावसायिक अन्तरसम्बन्धको विकासका लागि बीटुबी बैठक आयोजना गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । उद्योग वाणिज्य संघहरुका साथ सम्पन्न अन्तरक्रियामा अध्यक्षले सुरानाले व्यावसायिक हितका लागि स्थापित संस्थाहरुबीचको सुमधुर सम्बन्धले संस्थागत सुदृढीकरण र व्यावसायिक हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा समेत यसप्रकारको भ्रमण निरन्तरता दिने बताए । 

सुन्दर हरैचा, इटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरुका साथ भएको वेग्ला–वेग्लै अन्तरक्रियामा व्यवसायीहरुले उद्यारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै यो समस्या समाधानाका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए । 

आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागी निरन्तर बहस तथा पैरवी गर्दै आएको उद्योग संगठन मोरङको पहलमा भएको भ्रमणले द्धिपक्ष्ँीय व्यवसायीक हितका विभिन्न आयाम, एक आपसको क्षेत्रमा नयाँ सम्भावनाको खोजीका साथै आ–आफना उत्पादनको बजार प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संगठनले विश्वास लिएको छ ।     

भ्रमण प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा, सन्तोष भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, दीपक अग्रवाल, वीरेन्द्र राठी, महिला उद्यमी सोमी भगत चौलागाई, सावित्रा ढकाल, प्रतिभा पौडेल निरौला, युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रंजित भगत र रविन कट्टेलको सहभागिता थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima