Skip to content
Prabhu

मध्यरातमा जोडियो उद्योगमा काटिएको लाइन

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएको भन्दै विद्यत् काटिएका २३ उद्योगमा विद्युत् आपूर्ति सुरु भएको छ । मन्त्रिपरिषद्को निर्णय समेत अटेर गर्दै लाइन नजोडी बसेको नेपाल विद्युत् प्राधिकरणले गए राति ती उद्योगमा पुनः विद्युत् आपूर्ति सुरु गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुले विद्युत् प्रयोग गरे वापतको महसुस नबुझाएको भन्दै यही पुस ९ गतेदेखि लाइन काट्न सुरु गरेको थियो । त्यसपछि गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो विवाद समाधानका लागि छानबिन समिति गठन गर्दै उद्योगमा विद्युत् आपूर्ति सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि पनि प्राधिकरणले विद्युत् आपूर्ति सुरु गरेको थिएन । 

शुक्रबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरणका बैठकले विद्युत् आपूर्ति सुरु गर्ने निर्णय गरेको थियो 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal