काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुन मूल्य प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्