काठमाडौं । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री खुल्ला गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट पहिलो पटक आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले ९ लाख ३० हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई तथा दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गर्ने छ ।
स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गरेपछि सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला हुने छ ।
आइपीओमा ५० कित्ता न्यूनतम आवेदन दिनुपर्ने छ भने प्रतिकित्ता ३६०.९० रुपैयाँ लागत रहेको छ । यस आधारले ५० कित्ता सेयर भर्नको लागि १८ हजार ४५ रुपैयाँ लाग्छ ।
प्रतिक्रिया दिनुहोस्