काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ३६.५७ बिन्दुले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ ।
३०९ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा चार अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्ताहरु जलविद्युत् तथा बीमा कम्पनीमा आकर्षित देखिएका छन् । सोमबारदेखि सेयर बजारमा नियमित कारोबार शुरु गरेको हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ३४० रुपैयाँ पुगेको छ ।
बैंकहरुमा तरलता सहज हुँदै गएको हुँदा ब्याजदर घट्ने कारणले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्