Skip to content
Prabhu

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो ।

होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए ।

    कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने  तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal