Skip to content

उद्योगमा विजुलीको लाइन काटिएको विरोधमा बिराटनगरका व्यवसायी संस्था एक ठाउँमा, न्यायोचित समाधान खोज्न अनुरोध

nabil
global ime

काठमाडौं ।  लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा हाम्रोे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 

उद्योगहरुमा विद्युत आपूर्ति  काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला रु उत्पादन ठप्प हुदाँ रोजगारी, राजश्व तथा बैंक व्याज भूक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने रु यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गम्भिर्यतालाई आत्मसात गरि न्यायोचित समाधानका लागी अविलम्ब पहल गर्न तीन संस्थाले विज्ञप्ती निकालेर अनुरोध गरेका हुन् । 

डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हुदै आएको रस्साकस्सी  र आआफ्नो अडानका कारण पेचिलो बनेको यो बिषयलाई न्यायोचित समाधान खोजिनु पर्ने माग राखेका छन् ।  

विद्युत आपूर्ति कटौती गरि उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सूचारु गरी त्रिपक्षिय सरोकारवालाहरुः नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र नीजि क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गरि नीजि क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरि तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा माग गरेको विज्ञप्तीमा उल्लेख छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima