Skip to content
Prabhu

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानविन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ । 

समितिको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई हमालको सम्पत्तिको बारेमा छानबिन गर्न निर्देशन दिएको हो । 

बोर्डका अध्यक्ष हमालले पछिल्लो समयमा प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन(आइपीओ) जारी दिएर आर्थिक चलखेल गरेको भन्दै समितिले हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो । 

धितोपत्र बोर्डले केही व्यवसायीलाई व्यवसायलाई फाइदा हुने गरेर लगातार दुईवर्षसम्म नाफामा गएको कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न पाउने नियमावली परिवर्तन गरेको लेखा समितिको ठहर छ । 

सार्वजनिक निष्कासनमा पछिल्लो समयमा अनियमिता भएको भन्दै यसलाई सुधार गर्न सम्बन्धित सरोकारवालाई निर्देशन दिएको समिति सभापति ऋषीकेश पोखरेलले जानकारी दिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal