Skip to content
Prabhu

सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ सम्पन्न, पाँचवटा स्टार्टअप कम्पनीमा लगानी गर्न लगानीकर्ता इच्छुक

काठमाडौं ।   नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ भव्यताका साथ सम्पन्न भएको छ । 

काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो । 

त्यसमध्ये गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटी ओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् । यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।

सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ । स्टार्टअप अफ द इयरको अवार्ड – हाम्रो पात्रो हेल्थले प्राप्त ग¥यो । यसैगरी बेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रालि, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रीन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स्, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे ।

यसैगरी नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गरे । यस्तै एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ । 

अवार्डबाट सम्मानित स्टार्टअपहरुलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ । 

नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले युवा उद्यमीहरुलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न स्टार्टअप फेष्टको आयोजना गरेको बताए । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal