Skip to content
Prabhu

भाइबर मार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरकोबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो । 

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भन्नुभयो ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्बजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ ’ ।

यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भन्नुभयो ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ’ । 

राकुटेन भाइबर विश्श्वको अग्रणी संचार संस्था हो, जसले विश्वका आम मानिसलाई जोड्ने काम गर्दछ । 

बससेवा नेपालको एक मात्र बस टिकटिङ्ग संस्था हो । जसबाट नेपालका कुनैपनि गन्तब्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal