Skip to content
Prabhu

मिठाई पसलबाट सुरु भएको लक्ष्मी ग्रुप ५० वर्षमा यसरी बन्यो देशको अग्रणी व्यावसायिक घराना


काठमाडौं । ५० वर्ष अगाडि मिठाइ पसलबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुप देशको अग्रणी व्यावसायिक घराना बन्न सफल भएको छ । 

५० वर्ष अगाडि बुद्धिबहादुर श्रेष्ठ र गणेशबहादुर श्रेष्ठले पोखरामा लक्ष्मी मिठाई भण्डार खोलेको थिए । त्यहीबाट लक्ष्मी ग्रुपको व्यावसायिक यात्रा सुरु भएको हो । 
पोखराबाट सुरु गरेको लक्ष्मी ग्रुपको व्यावसायिक यात्रा नेपालको प्रमुख व्यावसायिक घरानाको रूपमा चिनिएको छ । अहिले ग्रुपले उद्योगदेखि लिएर ट्रेडिङ,सेवा मुलक क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ । 
ग्रुप नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता हो । २०६६ सालमा ग्रुपले हुन्डाइको आधिकारिक बिक्रेताको रूपमा काम गरेको थियो । यस्तै ग्रुपले प्रवर्द्धन गरेको सुजल चकलेट लोकप्रिय छ । 
ग्रुपले पछिल्लो समय फलामे डण्डी उत्पादन क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal