Skip to content
Prabhu

आइएमई पे भिजा पार्टनरसिपु अवार्डबाट सम्मानित

काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप  अवार्डबाट सम्मानित भएको छ । 

काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  आइएमई पे लाई  एक्सिलेन्स इन फिनटेक पार्टनरसिपु  अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र  भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको छ । 

आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल  कार्ड  प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासँगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमईपे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal