स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेस्ट बैंक दुवै विदेशी लगानी भएका बैंक हुन । दुवै बैंकले आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव गरेको अवस्था छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ दशमलव ५० रुपैया नगद लाभांस प्रस्ताव गरेको छ भने एभरेस्ट बैंकले २० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस नेपाल रास्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गर्न बाँकी छ।
लगानीन्युज टीमले आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार एभेरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक विच गरेको तुलानात्मक अध्ययन :
(रकम हजारमा)
* २०७५ साल मंसिरको ४ गते मंगलबारको बजार मूल्य अनुसार
* NFRS अनुसार
चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजी एभेरेस्ट बैंकको धेरै छ। एभेरेस्ट बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड छ।
जगेडा कोषमा एभेरेस्ट बलियो
एभेरेस्ट बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैया संचित छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ६अर्ब ७८ करोड रुपैया संचित छ।
निक्षेप र कर्जामा एभेरेस्ट बैंक अघि
एभेरेस्ट बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६५ अर्ब ४७ करोड निक्षेप संकलन गरी ४८ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ।
आम्दानीमा चार्टर्ड राम्रो :
आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमास सम्म एभेरेस्ट बैंकले ६३ करोड ३३ लाख खुद नाफा गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६३ करोड ४१ लाख खुद नाफा गरेको छ।
कुन सस्तो कुन महङ्गो ?
मंगलबारको बजार मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा एभेरेस्ट बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ७६ गुणा छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य आम्दानी अनुपात १९ दशमलव १४ गुणा छ। यो मानेमा एभेरेस्ट बैंक सस्तो छ।
सुनिल बरालबाट तयार गरिएको।
प्रतिक्रिया दिनुहोस्