Skip to content

लिपमोटरको नयाँ विद्युतीय गाडी ‘बी१०’ नाइमा अटो शोमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । विद्युतीय गाडी ‘लिपमोटर बी१०’ नाइमा अटो शोमा सार्वजनिक भएको छ । साङ्ग्रिला मोटर्स प्रालिले उक्त कार चीनबाट नेपालका भित्र्याएको हो । गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले लिपमोटर गाडीको आधिकारिक आयातकर्ताको जिम्मेवारी सन् २०२४ देखि लिएको हो । यो गाडीको मूल्य ४९ लाख देखी ९९ लाख रुपैयाँसम्म पर्ने छ ।

आकर्षक डिजाइन र अत्याधुनिक विशेषतायुक्त लिपमोटर बीटेन यही साउन २१ देखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक रुपमा सार्वजनिक भएको हो। एक्स्पो सुरु हुने दिन नै बी१० को मूल्य सार्वजनिक गरेरर बिक्री सुरु भएको छ।

गुणस्तरीय र सुविधायुक्त विद्युतीय एसयूभी खोज्नेका लागि उपयुक्त बीटेन सेमेन्टको अब्बल विद्युतीय कारका रुपमा आएको कम्पनीले जनाएको छ। बीटेनमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक रहेको ट भने यो कारले १ पटकको फुल चार्जमा ४ सय ६० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।

अर्को महत्वपूर्ण पक्ष भनेको बीटेनको मोटर पावर पनि हो। यो विद्युतीय एसयूभीमा १ सय ६० किलोवाट पिक पावर भएको मोटर जडान गरिएको छ। योभन्दा ठूला गाडी १ सय किलोवाट मोटरमा आइरहेको अवस्थामा बीटेनमा १ सय ६० किलोवाट मोटर भएकाले पनि यो विद्युतीय एसयूभी अब्बल सावित हुनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima