Skip to content

टिभिएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

nabil
global ime

काठमाडौं । नेपाली हिपहप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍यापसम्बन्धी वास्तविकता प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रम ‘एमटिभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टिभिएस एनटर्क आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ टिभिएस एनटर्क प्रस्तुत कार्यक्रमका रूपमा प्रसारण गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यस कार्यक्रमलाई उच्चस्तरीय र्‍यापसम्बन्धी सांगीतिक प्रतिस्पर्धाका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरको र्‍यापसम्बन्धी सांगीतिक प्रतिस्पर्धाको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिपहप पहिचान रहनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मार्गदर्शन र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिपहप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित टिभिएस एनटर्कले यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग जोडिएको टिभिएस एनटर्कको यो सहकार्यले नेपाली हिपहप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

‘गल्लीदेखि गौरवसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ ले नेपाली हिपहप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतका नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T