Skip to content

पूर्वप्रधानमन्त्री माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड विगो दाबी (पूर्णपाठ)

nabil
global ime

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेकपाका सहसंयोजक समेत रहेका नेपाल, नेपाली कांग्रेसका नेता समेत रहेका रिजाल लगायत जनाले मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा रहेको छ ।

आयोगले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको छ । उनीहरुविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

आयोगले पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौला, भूमि व्यवस्था विभागका डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा पेस गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T