Skip to content

नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौंमा

nabil
global ime

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन् । उनी कात्तिक १७ गते मंगलबार दिउँसो नेपाल आइपुगेका हुन्।

यसअघि सार्वजनिक समाचारमा पनि उनको आगमन नोभेम्बर ३ अर्थात् २०८३ कात्तिक १७ गतेका लागि तय भएको उल्लेख थियो। निवर्तमान राजदूत नवीन श्रीवास्तवको कार्यकाल समाप्त भएपछि भारतले दलेलालाई नेपालको कूटनीतिक जिम्मेवारी दिएको हो।

भारतीय विदेश मन्त्रालयले अक्टोबर १६ मा उनको नियुक्ति घोषणा गरेको थियो। सन् १९९३ ब्याचका भारतीय विदेश सेवाका अधिकृत दलेला नियुक्तिअघि विदेश मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T