Skip to content

नेतृत्व परिवर्तन हुँदैमा बीमा प्राधिकरणको कार्यप्रणाली र योजना परिवर्तन हुँदैन: अध्यक्ष थापा 

तीन महिनासम्म काम गरेर प्रगतिको विवरण सार्वजनिक गर्छु’

nabil
global ime
काठमाडौं ।   नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले प्राधिकरणलाई कुनै व्यक्तिको व्यक्तिगत सोच र दृष्टिकोणअनुसार नभई संस्थागत प्रणाली र रणनीतिक योजनाअनुसार सञ्चालन गर्ने बताएका छन् ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले बीमा प्राधिकरण निरन्तर चलिरहने संस्था भएकाले नेतृत्व परिवर्तन हुँदैमा संस्थाको काम गर्ने प्रणाली र योजना परिवर्तन नहुने बताए ।
उनले प्राधिकरणको आन्तरिक परिपत्र, अनुशासन र अनियमिततासम्बन्धी फाइलसमेत अघि बढाउन लागेको जानकारी दिए । संस्थाभित्रको कार्यप्रणालीलाई व्यवस्थित बनाउँदै अनुशासन र नियमिततालाई प्राथमिकता दिने उनको भनाइ छ।
थापाले नेपाली समाजमा अझै पनि बीमासम्बन्धी जनचेतना पर्याप्त रूपमा बढ्न नसकेको र आम नागरिकमा बीमा तथा प्राधिकरणबारे पर्याप्त जानकारी नभएको बताए । यसलाई सुधार गर्न सार्वजनिक सचेतना अभिवृद्धिमा विशेष काम गर्ने उनको भनाइ छ । यसका लागि आफ्नो टोली प्रतिबद्ध रहेको उनले बताए ।
तीन महिनासम्म काम गरेर त्यसपछि प्रगतिको विवरण  सार्वजनिक गर्ने बताए । प्राधिकरणको रणनीतिक योजना वेबसाइटमै सार्वजनिक गरिएको उल्लेख गर्दै उनले त्यसमा आगामी दिनमा गर्नुपर्ने काम र पूरा गर्ने समयसीमा स्पष्ट रहेको बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T