Skip to content

२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

nabil
global ime

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये २२ भूमिहिन दलित र ५ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यि परिवारहरु करिब २० वर्षदेखि सोहि ठाँउमा बस्दै आएका थिए।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T