Skip to content

सम्पादकको सपना भाग ४ : बिक्री नभएको हकप्रद शेयर कर्मचारीको नाममा

nabil bank
ह्यारी एक मर्चेन्ट बैङ्कका सञ्चालक हुन्। ह्यारीको मर्चेन्ट बैंकले एउटा “कखग” बैङ्कको RTS को काम गर्छ।  पुँजी वृद्धिको क्रममा “कखग” बैङ्कले ८०० प्रतिशत हकप्रद शेयर बिक्री गर्छ।  हकप्रद शेयरमा धेरै लगानीकर्ताले चासो दिए पनि केही राम्रै कित्ता हकप्रद शेयर लगानीकर्ताले भर्न छुटाउँछन् । त्यसपछि सो मर्चेन्ट बैङ्कका उच्च तहका कर्मचारीहरूले एउटा खुराफाती खेल सुरु गर्छन्।  
हकप्रद शेयर बिक्री बन्द भएको केही दिनमा उनीहरूले को -कसले हकप्रदमा आवेदन दिएनन्, त्यो तथ्याङ्क पत्तो लगाउँछन्। आफै RTS भएकाले उनीहरूलाई शेयरधनीको हस्ताक्षर मिलाउन समस्या हुने भएन । 
अनि उनीहरूले किर्ते हस्ताक्षर गर्दै ठुलो ठुलो कित्ताहरू आफ्नो नाममा “हक हस्तान्तरण” गर्छन् र सो कम्पनीको बिक्री नभएको हकप्रद शेयर आफ्नो नाममा प्रति कित्ता १०० रुपैयाँमा ल्याउछन। 


टिनिनी नि अलार्म को घण्टी बज्छ 
पसिना पुछ्दै म गहिरो सोचमा पर्छु। धन्न मेरो देशमा अहिले सम्म यस्तो घटना सुनिएको छैन। मनमनै नेपाली मर्चेन्टबैंकलाई धन्यवाद दिँदै र आगामी दिनमा यस्तो नहोस् भनेर भगवान् सँग प्रार्थना गर्दै “मर्निङ्ग वाकमा” निस्कन्छु।  
*यस रचनाका  सम्पूर्ण पात्र र कथा काल्पनिक हुन् ।  कसै सँग मेल खाएका संयोग मात्र हुने छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi