लगानीन्युज/काठमाडौँ : साताको अन्तिम दिन आज नेप्से परिसूचक ९ दशमलव ३९ अकले बढेर ११८१ दशमलव ६९ को विन्दुमा पुगेको छ। आज २१ करोड ४७ लाख बराबरको शेयर खरिद बिक्री भयो। कारोवार रकम बुधवारको तुलनामा बढेको देखिन्छ।
आज होटल बाहेक सबै उपसुचकमा वृद्धि देखियो । सबै भन्दा धेरै निर्जीवन बीमा कम्पनीको उपसूचकमा एक दशमलव १ प्रतिशतको वृद्धि देखियो।
आज बजारको उच्च विन्दु ११८१ दशमलव ६९ रहेकोमा बजार त्यही विन्दुमा बन्द भएको छ।
प्रतिक्रिया दिनुहोस्