Skip to content

सेयर बजार घट्दा पनि ४ कम्पनीमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको दिन ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर मूल्य बढ्ने कम्पनीमध्ये चार वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मासिटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फण्ड र क्रेस्ट माइक्रो लाइफमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १५२ रुपैयाँ ६० पैसाले बढेर १ हजार ६७८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै १० प्रतिशतले नै बढेको ओम मेगा फमासिटिकल्सको सेयर मूल्य २९ रुपैयाँ ७० पैसाले बढेर ३२६ रुपैयाँ ७० पैसा पुगेको छ ।

आज सिटिजन सुपर ३० को सेयर मूल्य पनि ०.९० रुपैयाँले बढेर ९ रुपैयाँ ९० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि आज अघिल्लो दिनको भन्दा ८.११ प्रतिशत अर्थात् २१२ रुपैयाँ ५८ पैसाले बढेर २ हजार ८३४ रुपैयाँ ४८ पैसा पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime